चलचित्र विकास बोर्डद्धारा ७ जना महिला सिनेमाकर्मीलाई सम्मान

चलचित्र विकास बोर्डद्धारा ७ जना महिला सिनेमाकर्मीलाई सम्मान

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डमा गत सोमबारबाट आयोजित ३ दिने महिला सिनेमा महोत्सव सम्पन्न भएको छ । बोर्ड अन्तर्गतको महिला सिनेमाकर्मी सशक्तीकरण समितिले महोत्सवको आयोजना गरेको थियो ।

विहिबार तेस्रो तथा अन्तिम दिन सामाजिक संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमुख अतिथिको रुपमा सहभागि थिइन् । यो महोत्सवको उद्घघाटन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गरेकी थिइन् ।

महोत्सवमा ऐतिहासिक नेपाली सिनेमा ‘सिन्दूर’ प्रदर्शन गरिएको थियो । नेपाली सिनेमाको ऐतिहासिक धरोहर मानिएको ४६ वर्षअघिको सिनेमा ‘सिन्दुर’का प्रमुख कलाकारको ललितकलाद्वारा तयार पारिएको विशेष मुहारचित्र उनीहरूलाई समर्पण गरिएको थियो ।

महोत्सवको दोस्रो दिन पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा प्रमुख अतिथि थिइन् । सो दिनमा महिलाले महिलाको विषयमा निर्माण गरेका लघु सिनेमा देखाइयो । सो अवसरमा निर्देशक र कलाकार रेखा थापा, स्वस्तिमा खड्कासँग छलफल गरिएको थियो ।

विहिबार महिलाप्रधान नाटक ‘दृश्य परिदृश्य’ मंचन गरियो । घरेलु सिनेमाको विकासमा योगदान र्पुयाए बाफत ७ जना महिला स्रष्टालाई सम्मान प्रदान समेत गरियो । अभिनेत्रीहरू करिश्मा मानन्धर, रश्मी भट्ट, सरिता साह, पशुपति राई, थिन्ले ल्हामो, चलचित्र पत्रकार गीता अधिकारी र मेकअप कलाकार शोभा श्रेष्ठलाई सम्मान गरिएको थियो ।

यो महोत्सवको समापन समारोहमा बसुन्धरा भुषाल, भुवन चन्द, चैत्यदेवी, शम्भुजीत बासकोटा, दिपकराज गिरी, दिपाश्री निरौला, जीतु नेपाल, राजभाई सुवाल, मोहन निरौला, निर्मल शर्मा, जनकदीप पराजुली, रविन्द्र खड्का, सुचित्रा श्रेष्ठ, रक्षासिंह राणा, प्रदीप खड्का, केकी अधिकारी, यम बराल, सविन श्रेष्ठ, अनु शाह, विद्या कार्की लगायतकाको उपस्थिति रहेको थियो ।