‘माया प्रीति’मा दिव्या रायमाझीका लागि हिरोको खोजी, क-कस्ले दिन पाउँछन् अडिसन ?

‘माया प्रीति’मा दिव्या रायमाझीका लागि हिरोको खोजी, क-कस्ले दिन पाउँछन् अडिसन ?

द सिनेमा टाइम्स
273
Shares

द सिनेमा टाइम्स, काठमाडौं । युवा पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडी सिनेमा ‘माया प्रीति’ले कास्टिङ कल आह्वान गरेको छ । सिनेमाको प्रमुख भूमिकाको लागि पुरुष कलाकार, नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यहरूको भूमिकाका लागि पुरुष तथा महिला कलाकार तथा अन्य सहायक भूमिकाका लागि अडिसन खोलिएको निर्देशक अवि श्रेष्ठले बताए ।

सिनेमाको मुख्य भूमिकामा अभिनेत्री दिव्या रायमाझी अनुबन्ध भइसकेकी छिन् । सिनेमाको कलाकार म्यानेजमेन्ट कम्पनी लिभेन्ट्स् स्टुडियोका अनुसार सिनेमाकी अभिनेत्री दिव्या रायमाझीको जोडीको रूपमा अभिनय गर्ने पुरुष कलाकार तथा अन्य कलाकारको लागि अडिसन आह्वान गरिएको हो । अडिसनमा सहभागी हुन ९७००६१७४३४ नम्बरमा रहेको ह्वाट्सएपमा सम्पर्क गर्न सकिनेछ । अडिसनमा सहभागिताको लागि इच्छुकले आफ्नो बायोडाटा, फोटोसँगै १ देखि ४ मिनेटसम्मको अभिनयको भिडियो क्लिप पठाउनुपर्नेछ ।

सिनेमाका निर्देशक श्रेष्ठका अनुसार ‘माया प्रीति’मा एक निःशर्त प्रेमको यात्रा हुनेछ, जसमा जस्तोसुकै परिस्थितिमा पनि अविरल प्रेमको महसुस हुनेछ । वन टू थ्री स्टुडियोज प्रालिको ब्यानरमा निर्माण हुने सिनेमाका निर्माता सुवास चन्द्र प्रधान तथा कार्यकारी निर्मातामा अभिनेत्री निशा अधिकारी र सन्तोष कुमार कार्की रहेका छन् ।

सिनेमाको क्रिएटिभ निर्देशकमा प्रणव जोशी रहनेछन्, जसले २०७२ सालमा प्रदर्शनमा आएको सुपरहिट सिनेमा ‘रेशम फिलिली’ निर्देशन गरेका थिए । उनी एआई कलाकारका रूपमा पनि परिचित छन् । सिनेमाको छायांकन चाँडै सुरु गर्ने तयारी भइरहेको छ ।