बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक

बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट देशभरबा सिनेमा हलमा प्रदर्शनरत सिनेमा ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ । सिनेमाको सफलता खुशी साट्ने अवसरको रूपमा सिनेमामा समावेश गरिएको गीत सार्वजनिक गरिएको जानकारी दिएको हो ।

किरण माइकलको संगीत रहेको गीतमा सुजाता पाण्डे, सशान कँडेल र किरण माइकलको स्वर रहेको छ । वेला बोम्जन र सुधा मरहट्ठाले गीतको शब्द रचना गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा आश्मा विश्वकर्माको पावरफुल नृत्य रहेको छ । सार्वजनिक गीतमा सिनेमाका कलाकार रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ लगायत पार्टी मुडमा देखिँदा पारस बम (कुलब्वाय) भने फरक मुडमा छन् । गीतका कोरियोग्राफर रोशन विश्वकर्मा हुन् ।

शुक्रवार रिलिज भएको सिनेमा ‘होस्टेल ३’को विकेन्ड ओपनिङ उत्साहजनक भएको छ । सिनेमाले अपेक्षाभन्दा राम्रो व्यापार गरेको वितरकले बताएका छन् । सिनेमाका कलाकारहरू शनिवार बिहानैदेखि काठमाडौंका हलमा दर्शक भेट्न पुगेका थिए । दर्शकले कलाकारलाई बोकेर नचाइरहेका छन् । दर्शकले ‘होस्टेल ३’ अपेक्षा गरिएको भन्दा निकै राम्रो रहेको भन्दै पूर्ण मनोरञ्जन प्राप्त गरेको प्रतिक्रिया दिएका छन् ।

सिनेमामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको जीवनका झलक देख्न सकिन्छ । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा रहेको सिनेमा आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ भिलेनको भूमिकामा देखिएका छन् ।

सिनेमाको निर्देशन सशान कँडेलले गरेका हुन् । उनी दुई दशकदेखि संगीत तथा म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् । माधव शर्माले लेखन तथा एसोसियट निर्देशनको जिम्मेवारी सम्हालेका छन् । सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी निर्माता तथा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर सहनिर्माता र शंकर कोइराला कार्यकारी निर्माता रहेको सिनेमाका लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।

सिनेमामा अर्जुन तिवारीको डिओपी, विकास दाहालको सम्पाद, हिमाल केसीको एक्शन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ । सिनेमाको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्मस् र उपत्यका बाहिर आरआर फिल्मस्ले गर्नेछन् ।