द सिनेमा टाइम्स, काठमाडौं । कर्णालीको जनजीवनको कथामा निर्माण गरिएको सिनेमा ‘द्रौपदी’को ट्रेलर सार्वजनीक भएको छ । ऋषिराज आचार्य लेखन तथा निर्देशन रहेको तीन मिनेट लामो ट्रेलरमा कर्णालीको सुन्दरता, जनजीवन र व्यथालाई प्रस्तुत गरिएको छ ।
यसअघि सार्वजनीक टिजर र ‘कर्णाली कटौला’ गीतले चर्चा पाइरहेको बेला आगामी चैत्र ८ गतेबाट दर्शकमाझ आउन लागेको ‘द्रौपदी’को ट्रेलर ल्याइएको हो । रिलिज अघिनै केही अन्तर्राष्ट्रिय महोत्सवमा पनि छनोट भएको सिनेमा डोल्पाको शे-फोक्सुण्डो ताललगायतका विभिन्न स्थानमा खिचिएको हो ।
नारी संवेदनात्मक लाग्ने सिनेमाको ट्रेलरमा ऋषिराज आचार्य, आश्विनी शाही, रबि ओड, सुजाता तिमिल्सिना, कबिराज भाम, जेल्सन अधिकारी, बिष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतका कलाकारलाई देख्न सकिन्छ । निर्देशक आचार्य स्वंयमको लेखन, अनिल महर्जनको सम्पादन, सौरभ शर्माको पाश्र्व संगीत तथा मोहनकुमार झिल्लुको छायांकन रहेको छ ।
आरबि मुभिजको व्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली तथा सह-निर्माता ऋतु आचार्य र बिष्णु ठडराई छन् । सिनेमाको बितरण एप्पल इन्टरटेन्टमेन्ट, एफडि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा गर्दैछन ।


प्रतिक्रिया