वैशाख १२ गते रिलिज हुने ‘खेल’को शीर्ष गीत सार्वजनिक

वैशाख १२ गते रिलिज हुने ‘खेल’को शीर्ष गीत सार्वजनिक

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको सिनेमा ‘खेल’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द रचना तथा स्वर ‘स्याम्मी डी रियल जी’को स्वर रहेको छ । संगीतकार तथा संगीत निर्माता सुरज ब्लुज रहेको गीतको मिक्सिङ तथा मास्टरिङ भारतका अभिनव अग्निहोत्रीले गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा अभिनेत्रीहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, समापिका गौतम, निकिता आचार्य, मिथिला शर्मा, भोला राज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्री लगायतका कलाकार रहेका छन् । गायिका स्याम्मी डी रियल जी र बक्सर रश्मिला श्रेष्ठ विशेष रूपमा फिचर्ड छन् ।

सिनेमा ‘खेल’लाई बलिउडका अनुभवी सह-निर्देशक अनुराग प्रधान र नेपालमा लामो समयदेखि सह-निर्देशन गर्दै आएकी आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन् । सिनेमाको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रणमा आधारित रहेको छ । अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका चार साथीहरूको कथा सिनेमाले देखाउनेछ, जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ ।

सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको सिनेमाका निर्माता आशिषराज महर्जन तथा कार्यकारी निर्माता लुइसराज महर्जन अनि सह-निर्माता कुनालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । सिनेमाको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधान र संवाद विष्णु गैरेले लेखेका छन् ।

रोशन राई र सञ्जय लामाको छायांकन, आशिषराज महर्जनको सम्पादन, विकल प्रधानको ध्वनि डिजाइन, राजेन्द्र मोक्तानको रंग संयोजन, किशोर नेपालको प्रोडक्सन डिजाइन, यमप्रसाद ओली प्रोडक्सन म्यानेजर रहेको सिनेमाको वितरण डिसिएन र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ ।