द सिनेमा टाइम्स, काठमाडौं । रिम विश्वकर्माको निर्देशनमा निर्माण भएको सिनेमा ‘हेल्लो काशिराम’को फर्स्टलुक पोस्टर र प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार सिनेमाको पोस्टर सार्वजनिक गर्दै आगामी वर्षको जेठ २ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
सिनेमाको पोस्टरमा अभिनेता दिलीप रायमाझीलाई काँधमा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । जसले सिनेमा कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ । सिनेमाको कथावस्तु अहिले खुलाइएको छैन, तर निर्माण टिमका अनुसार, छिट्टै सार्वजनिक हुने टिजरमार्फत थप जानकारी उपलब्ध गराइनेछ ।
सिनेमामा दिलीपसहित सुरविर पण्डित, रामचन्द्र अधिकारी, सुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), अर्जुन गुरुङ (भगेरी डन), नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु लगायतका कलाकारको अभिनय रहेको छ । अभिनेत्री प्रियंका कार्की पनि सिनेमामा विशेष भूमिकामा देखिनेछिन् ।
रेडलाइन फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन निर्देशन रिम विश्वकर्माले गरेका हुन् । पीबी थापा निर्माता रहेको सिनेमाको छायांकन यम आलेले गरेका हुन् । डेढ करोडको लागतमा निर्माण भएको सिनेमालाई मित्र डी गुरुङले सम्पादन तथा रंग संयोजन गरेका छन् ।
सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, शंकर महर्जनको द्धन्द्व निर्देशन, नरेन्द्र वियोगी र विपिन आचार्यको संगीत संयोजन रहेको छ । सिनेमाको प्रचार तथा अन्तर्राष्ट्रिय मिडिया म्यानेजमेन्टको जिम्मा सेलिब्रेटी टाइम्स प्रालीले लिएको छ । निर्देशक विश्वकर्माले यसअघि ‘नेपाली वीर’, ‘सम्झिराख है’, ‘रेलिमाई’ जस्ता सिनेमा निर्देशन गरिसकेका छन् ।



प्रतिक्रिया