अभिनेता प्रदीप खड्काको जन्मदिनमा ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक

अभिनेता प्रदीप खड्काको जन्मदिनमा ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत २९ गतेबाट नयाँवर्ष २०८२ को छेको पारेर रिलिज हुने सिनेमा ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक भएको छ । सिनेमाका प्रमुख कलाकार प्रदीप खड्काको जन्मदिनको अवसर पारेर निर्माण पक्षले सोमबार टिजर सार्वजनिक गरेको हो ।

सोमबार सार्वजनिक टिजरमा सिनेमामा रहेको प्रदीपका दृश्यहरुलाई मात्र स्थान दिइएको छ । अधिकांश दृश्य एक्सनका छन् । प्रदीपले ‘पिताम्बर’मा विभिन्न समयमा दिएका एक्सन स्टन्टलाई टिजरमा प्राथमिकता दिइएको छ । केही दृश्यमा उनलाई सामान्य अवस्थाको पनि देखाइएको छ । टिजर हेर्दा सिनेमाका लागि प्रदीपले निकै मेहनत गरेको देख्न सकिन्छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको पिसनेमामा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल र बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाई र सुप्रोल बुढाथोकीले अभिनय गरेका छन् ।

कृषा चौलागाईको निर्देशन रहेको सिनेमामा विशाल चौलागाई निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाई सह-निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् । सिनेमामा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व निर्देशन छ । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।