द सिनेमा टाइम्स, काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘डिग्री माइला’ युट्युबमा रिलिज गरिएको छ । फागु पूर्णिमा अर्थात् होलीको पूर्वसन्ध्यामा पुरा सिनेमा बाँसुरी फिल्मस्को अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो ।
बक्सअफिसमा राम्रो व्यापार गरेको सिनेमाले अंग्रेजी शिक्षक नहुँदा खारेजीको संघारमा रहेको एउटा क्याम्पस जोगाउन सक्ने एक पात्रको कथा प्रस्तुत गरिएको छ । क्याम्पसको मान्यता जोगाउन क्याम्पस व्यवस्थापनको जोडबल र मरिच झैं पिरा स्वाभावमा उभिएका दयाहाङको नोकझोकलाई कमेडी शैलीमा प्रस्तुत गरिएको सिनेमालाई दर्शकले रुचाएका थिए ।
अभिनेता दयाहाङले निर्देशन गरेको ‘डिग्री माइला’ नामको नाटकमा यो सिनेमा आधारित रहेको छ । सिनेमाले वेरोजगारीको कथालाई सिनेमामा पस्किनेछ । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको हो । सिनेमामा दयाहाङ राई, आँचल शर्मासहित विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । अभिनेत्री ऋचा शर्मालाई सिनेमामा विशेष भूमिकामा देख्न सकिन्छ ।
निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एसशिनले खिचेका हुन् ।


प्रतिक्रिया