माइकल चन्दको ‘राम नाम सत्य’मा विराज भट्ट अनुबन्धित

माइकल चन्दको ‘राम नाम सत्य’मा विराज भट्ट अनुबन्धित

द सिनेमा टाइम्स
217
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री विराज भट्टले सिनेमा ‘राम नाम सत्य’को मुख्य भूमिकामा अनुबन्धित भएका छन् । सोमबार विराजले माइकल चन्दको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा साइन गरेका हुन् ।

गत दशैंको फूलपातीमा रिलिज भएको सिनेमा ‘१२ गाउँ’ रिलिज भएपछि विराजको चर्चा र क्रेज चुलिएको छ । उनलाई सिनेमा अफरको लाइन लागेको छ । तर, विराजले होम प्रोडक्सनको सिनेमाको काम समेत रोकेर ‘राम नाम सत्य’ साइन गर्नुलाई महत्वका साथ हेरिएको छ । कथावस्तु र पटकथा निकै मन परेकाले विराज यो सिनेमामा काम गर्न तयार भएका हुन् ।

म्युजिक भिडियो निर्देशन गर्दै आएका माइकल चन्दले यो सिनेमाको निर्देशन गर्न लागेका हुन् । फिल्ममा कथा पनि उनको नै छ । सिनेमाको छायांकन आउँदो वर्षबाट सुरु गर्ने योजना माइकलको छ । सिनेमामा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने छ । सिनेमामा उत्तम गुरुङ, उपेन्द्र शाही र श्वेता विमलीको लगानी रहनेछ । नरेन्द्र शाह र सन्तोष अर्याल सिनेमाका कार्यकारी निर्माता हुन् ।

यो सिनेमालाई एक्सन, लभस्टोरी, कमेडीको कथामा निर्माण गरिनेछ । निर्देशक चन्दले दर्शकले यो सिनेमामा केही फरक र विशेष गर्ने योजना लिएका कारण नै प्रि-प्रोडक्सनमा समय लगाएको बताए । अभिनेता विराज भट्टले पनि यो सिनेमामा काम गर्न आफू उत्साहित रहेको बताएका छन् । सिनेमाका लागि अन्य कलाकार एकपछि अर्को रुपमा जानकारी दिदै जाने योजना निर्माणपक्षको छ ।