तीन सिनेमा ‘आउटल: दफा २१९’, ‘अञ्जिला’ र ‘राजागंज’को अग्रीम टिकट बुकिङ खुला

तीन सिनेमा ‘आउटल: दफा २१९’, ‘अञ्जिला’ र ‘राजागंज’को अग्रीम टिकट बुकिङ खुला

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । फागुन २९ गते भोली बिहीबारबाट प्रदर्शनमा आउने सिनेमा ‘आउटलः दफा २१९’ र ‘अञ्जिला’ अनि पर्सी शुक्रबार चैत्र १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘राजागंज’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । यी तीन फरक जनरामा निर्माण भएका सिनेमालाई मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले सुखद् शो उपलब्ध गराएका छन् ।

सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको एक्सन सिनेमा ‘आउटल: दफा २१९’ले देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा ११ शो र मोफसलमा १८ शो गरि २९ शो दिएको छ । यता, दोस्रो ठुलो मल्टीप्लेक्स चेन आइएनआइ सिनेमाजले ७ शो, एफक्युव सिनेमाजले ३ शो, बिग मूभिज ४ शो, वान सिनेमाज ५ शो, सिने डी सेफ २ शो, रञ्जना सिनेप्लेक्स ५ शो उपलब्ध गराएका छन् ।

मिलन चाम्स निर्देशित स्पोट्र्स तथा बायोपिक ड्रामा ‘अञ्जिला’ले देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १४ शो र मोफसलमा १७ शो गरि ३१ शो दिएको छ । यता, दोस्रो ठुलो मल्टीप्लेक्स चेन आइएनआइ सिनेमाजले १० शो, एफक्युव सिनेमाजले ३ शो, बिग मूभिज ३ शो, वान सिनेमाज ३ शो, सिने डी सेफ ३ शो, रञ्जना सिनेप्लेक्स ४ शो उपलब्ध गराएका छन् ।

दीपक रौनियार निर्देशित शुक्रबारबाट रिलिज हुने सिनेमा ‘राजागंज’ले देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १३ शो र मोफसलमा १३ शो गरि २६ शो दिएको छ । यता, दोस्रो ठुलो मल्टीप्लेक्स चेन आइएनआइ सिनेमाजले ६ शो, एफक्युव सिनेमाजले २ शो, बिग मूभिज ३ शो उपलब्ध गराएका छन् । यो सिनेमाको केही हलमा शो खुल्ने चरणमा रहेकाले भोलीसम्म सवै हलमा शो खुल्ने छ ।