द सिनेमा टाइम्स, काठमाडौं । बलिउड निर्देशक तथा कलाकार अनुराग कश्यपले प्रदर्शनरत सिनेमा ‘राजागंज’ निर्देशक दीपक रौनियारको खुलेर प्रशंसा गरेका छन् । मंगलबार आज एक भिडियो सन्देशमार्फत सिनेमा ‘राजागंज’ राम्रो रहेको भन्दै उनले निर्देशक दीपकको तारिफ गरेका हुन् ।
दीपक कुशल सिनेमा निर्देशक भएको उनले बताएका छन् । दीपक सर्वश्रेष्ठ नेपाली सिनेमा निर्देशक भएको उनले बताएका हुन् । ‘दीपक म तिम्रो ठूलो फ्यान हुँ । तिमी सिनेमा बनाइरहनु, यस्तै, सिनेमा बनाइरहनु,’ उनले भने ।
दीपक रौनियार र मीनबहादुर भाम आफूलाई मनपर्ने नेपाली सिनेमा निर्देशक भएको उनले बताएका छन् । ‘राजागंज’ आफूले हेरेको भन्दै उनले राम्रो थ्रिलर र सोसल स्टोरी भन्ने सिनेमा भएको बताएका छन् । ‘राजागंज’ नेपाली सिनेमा भएको उनले बताएका छन् । ‘यो नेपालको सिनेमा हो । यसमा नेपाली नागरिकको जिन्दगी देखिन्छ । यसमा नेपाल देखिन्छ । नेपाली समाजमा के छ भन्ने देखिन्छ,’ उनले भिडियोमा भनेका छन् ।
‘राजागंज’ नेपाली सिनेमा भएपनि भारतमा बसेर आफूले रिलेट गरेको बताएका हुन् । साउथ इस्ट एसियाएका दर्शकले नै रिलेट गर्नसक्ने अनुरागले बताएका छन् । ‘राजागंज’ हलमा गएर हेर्न पनि आग्रह गरेका छन् । नेपाली सिनेमा धेरै माथि जानसक्ने र जानु पनि पर्ने उनको भनाई छ ।
‘राजागंज’बाट नेपाली सिनेमा निकै माथि जानुपर्ने बताए । त्यसैले यो सिनेमा हेरेर सपोर्ट गर्न पनि आग्रह गरेका छन् । दीपकसँग ‘राजागंज’मा सहकार्य गर्न पाएकोमा गर्वको विषय भएको बताएका छन् । अनुराग कश्यप ‘राजागंज’का कार्यकारी निर्माता हुन् । यो सिनेमालाई दीपक रौनियारले निर्देशन गरेका छन् ।
चैत १ गतेबाट आएको सिनेमामा आशा मगराती, दयाहाङ राई, विजय बराल, निकिता चाण्डक, ऋचा शर्मा, पशुपति राई, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायतको अभिनय छ ।
चलचित्रको निर्माणमा आदि फिल्मसका तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मसका तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।


प्रतिक्रिया