द सिनेमा टाइम्स, काठमाडौं । चैत्र ८ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘११ः५५’ र ‘द्रोपदी’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । फरक जनरामा निर्माया भएका यी दुई सिनेमाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिन हलसम्म सुखद् शो पाएका छन् । यदी दर्शकबाट राम्रो वर्डअफ माउथ र प्राप्त शोजमा दर्शकको उपस्थिति उच्च देखिएको खण्डमा शो बढ्ने विश्वास निर्माण टिमको छ ।
देशको सवैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले केशव पाण्डे निर्देशित ‘११ः५५’लाई काठमाडौं उपत्यकामा १० शो र मोफसलमा १५ शो गरि २५ शो दिएको छ । यो सिनेमालाई देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआईले आफ्ना ४ वटा आउटलेटमा ४ शो, वान सिनेमाजले ४ शो, बिग मूभिजले २ शो, एफक्युब सिनेमाजले १ शो, बिएसआर मूभिजले १ शो गरि देशभरका हलले करिब १०० शो उपलब्ध गराएका छन् ।
ऋषिराज आचार्य निर्देशित सिनेमा ‘द्रोपदी’लाई क्युएफएक्स चेनले काठमाडौं उपत्यकामा ६ शो र मोफसलमा ८ शो गरि १४ शो दिएको छ । यो सिनेमालाई देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआईले आफ्ना ४ वटा आउटलेटमा ४ शो, वान सिनेमाजले ५ शो, बिग मूभिजले १ शो, एफक्युब सिनेमाजले १ शो, बिएसआर मूभिजले १ शो गरि देशभरका हलले करिब ८० शो उपलब्ध गराएका छन् ।
सिनेमामा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय रहेको छ । सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ । बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् ।
नारी संवेदनात्मक लाग्ने सिनेमामा ऋषिराज आचार्य, आश्विनी शाही, रबि ओड, सुजाता तिमिल्सिना, कबिराज भाम, जेल्सन अधिकारी, बिष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतका कलाकारलाई देख्न सकिन्छ । निर्देशक आचार्य स्वंयमको लेखन रहेको आरबि मुभिजको व्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली तथा सह-निर्माता ऋतु आचार्य र बिष्णु ठडराई छन् ।


प्रतिक्रिया