शुक्रबारबाट प्रदर्शनमा आए दुई सिनेमा ‘११:५५’ र ‘द्रोपदी’

शुक्रबारबाट प्रदर्शनमा आए दुई सिनेमा ‘११:५५’ र ‘द्रोपदी’

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चैत्र ८ गते शुक्रबारबाट दुई नेपाली सिनेमा ‘११:५५’ र ‘द्रोपदी’ प्रदर्शनमा आएका छन् । फरक जनरामा निर्माण भएका यी दुई सिनेमाले मल्टीप्लेक्स हलदेखि सिंगल स्क्रिनसम्म सुखद् शो प्राप्त गरेका छन् । यदी दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ र दर्शकको चाप देखिएमा शो बढ्नुका साथै व्यापार पनि राम्रो हुने देखिन्छ ।

केशव पाण्डे निर्देशित सिनेमामा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय रहेको छ । सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ । बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् ।

ऋषिराज आचार्य निर्देशित नारी संवेदनात्मक लाग्ने सिनेमामा ऋषिराज आचार्य, आश्विनी शाही, रबि ओड, सुजाता तिमिल्सिना, कबिराज भाम, जेल्सन अधिकारी, बिष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतका कलाकारलाई देख्न सकिन्छ ।

निर्देशक आचार्य स्वंयमको लेखन रहेको आरबि मुभिजको व्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली तथा सह-निर्माता ऋतु आचार्य र बिष्णु ठडराई छन् ।