द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘कर्मा’को गीत सार्वजनिक भएको छ । शुक्रबार आगामी चैत २९ गते नयाँ वर्षको छेकोबाट प्रदर्शनमा आउन लागेको सिनेमाको गीत सार्वजनिक गरिएको हो । ‘सारी लगाइदेउ’ बोलको गीतमा सलिना बिकको स्वर छ । शब्द रचना सुष्मा सिग्देलको छ भने संगीत भाष्कर स्वाँरको छ । भाष्कर स्वाँर र सुवास पौडेलले एरेन्ज गरेको भिडियो मिक्सिङ तथा मास्टरिङ शास्वत श्रेष्ठले गरेका हुन् ।
नेपाली समाजका टिपिकल शब्द प्रयोग गरिएको गीतले सांस्कृतिक झल्को दिन्छ । नेपाली संस्कृति बोल्ने प्रयास गरेको छ । विशेषगरी रत्यौली संस्कृतिमा यो गीत तयार पारिएको छ । माया-प्रेम दर्शाउँदै व्यंग्य गरेको गीतले मर्दपनको पनि कुरा गर्छ । संस्कृतिभित्र प्रेम र व्यंग्य एकसाथ मिसाइएको गीतले दर्शकको मन जित्ने निर्माणपक्षको विश्वास छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरीलगायतको अभिनय छ । रत्यौलीमा विपीनको प्रवेशले गीतको भिडियो रोमाञ्चक बनेको छ । महिलाको पहिरन र मेकअपमा विपीन देखिँदा भिडयो रमाइलो पनि देखिएको छ । यो रत्यौलीको परम्परा र विश्वास पनि हो ।
‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ । नेपाल र विदेशमा यो सिनेमा एकसाथ प्रदर्शन हुनेछ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।
‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । यो सिनेमामा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाँको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बास्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्टको रुपमा रहेका छन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।


प्रतिक्रिया