अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडर नियुक्त

अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडर नियुक्त

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री दिव्या रायमाझी एक शैक्षिक परामर्शदाता संस्थाको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन् । आइतबार आयोजित एक कार्यक्रम बीच अभिनेत्री रायमाझी प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडर नियुक्त भएकी हुन । अभिनेत्री रायमाझी, संस्थाका प्रमुख नवराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीबीच कागजी सम्झौता भएको थियो ।

प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीले उच्चशिक्षा हाँसिल गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको छ । विगत ७ बर्षदेखी शैक्षिक बिधामा काम गर्दै आएको प्रोफाइलले अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका, डेनमार्क, न्यूजल्याण्ड, फिनल्याण्ड र यूरोप लगायत अन्य देशहरूमा उच्च शिक्षा लिन जान चाहने विद्याथीहरूलाई शैक्षिक परामर्श दिँदै भिषा सम्बन्धि सम्पूर्ण काम गर्दै आइरहेको छ ।

ब्राण्ड ऐम्बेसडरको रूपमा नियुक्त भएपछि अभिनेत्री दिव्या रायमाझीले आफू पुरानो र प्रतिष्ठित संस्थासँग जोडिन पाएकोमा खुशी ब्यक्त गरिन । ‘शैक्षिक विद्यामा आफूले जानेको ज्ञान र अनुभव विद्याथीहरूसँग बाँड्नुका साथै विद्याथीहरूँंग सहकार्य गर्ने छु,’ रायमाझीले भनिन् ।

यसैबीच यूवा पुस्ता माँझ चर्चित अभिनेत्री आफ्नो संस्थामा आवद्द भएपछि संस्थाको गरिमा बढेकोमा प्रमुख नवराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीले खुशी व्यक्त गरेका थिए । ब्राण्ड एम्बेसडर नियुक्त भएसँगै अव दिव्याले संस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागिता जनाउने छिन् । अभिनेत्री रायमाझीको उपस्थितिमा मार्च २७ तारेखका दिन संस्थाले यूके एडमिसन डे शैक्षिक मेलाको आयोजना गर्ने पनि जानकारी दिएको छ ।