निफमा कुन सिनेमाले जिते कुन अवार्ड ?

निफमा कुन सिनेमाले जिते कुन अवार्ड ?

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आठौँ नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) मा मिनबहादुर भामद्वारा निर्देशित सिनेमा ‘शाम्बाला’ले उत्कृष्ट गौतम बुद्ध अवार्ड जितेको छ ।

सिनेमा ‘आखाँ’ले उत्कृष्ट राष्ट्रिय फिचर सिनेमा अवार्ड पाएको छ । उत्कृष्ट निर्देशकतर्फ ‘पुजार सार्की’बाट निर्देशक दिनेश राउतले अवार्ड पाएका छन् ।

उत्कृष्ट महिला कलाकार अवार्ड सिनेमा ‘पुजार सार्की’बाट अभिनेत्री अञ्जना बराईली प्राप्त गरेकी छिन् भने उत्कृष्ट पुरूष पात्र अवार्ड ‘आखाँ’बाट आरके मेहताले हात पारेका छ्न् ।

राष्ट्रिय फिचर सिनेमा अवार्ड छायांकार राजेश श्रेष्ठले जितेका छन् । उत्कृष्ट राष्ट्रिय सिनेमा लेखन अवार्ड जौन योञ्जनले पाएका छन् ।

भारतीय सिनेमा रूक्मिणीले डङ्की आट्य अवार्ड मञ्जुश्री अवार्ड (एआई सिनेमा अवार्ड) अर्जेन्टिनाको सिनेमा ‘द अविस्’ले पाएको छ ।

उत्कृष्ट सर्ट सिनेमा डिरेक्टर अवार्ड निशान खत्रीको सिनेमा ‘अ बिटनेस’ले पाएको छ भने । ‘माउन्ट एभरेस्ट अवार्ड’ बेल्जियमको ‘मेल्टिङ स्नु’ले पाएको छ ।

‘बागमती अवार्ड’ स्पेनको सिनेमा ‘लुसिया जि रोमेरो’ले पाएको छ ।

लक्ष्मण सुवेदी निर्देशित सिनेमा ‘सतिदेवी’ उत्कृष्ट फिचर सिनेमा अवार्ड पाएको छ । उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री सिनेमा अवार्ड सुविना श्रेष्ठको ‘देवि’ अडियन्स चोइस अवार्ड डकुमेन्ट्री तर्फ सिनेमा ‘गल्स रि राइटिङ डेस्टिनि’ उत्कृष्ट सर्ट सिनेमा अवार्ड र राष्ट्रिय सर्ट सिनेमा अवार्ड निराजन राज भेटवालको सिनेमा ‘द विटनेस ट्रि’ले पाएको छ ।

चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौंमा भएको निफ महोत्सवमा ४० देश का ८७ सिनेमा प्रदर्शन भएका थिए ।