‘अभिमन्यु’ मुख्य भूमिकामा अभिनेत्री गौमाया गुरुङ अनुबन्धित

‘अभिमन्यु’ मुख्य भूमिकामा अभिनेत्री गौमाया गुरुङ अनुबन्धित

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्माण तयारीमा रहेको सिनेमा ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । निर्माणपक्षले मंगलबार अभिनेत्री गौमाया गुरुङलाई सिनेमा अनुबन्धित गर्दै कलाकार छनोट सुरु गरेको हो । ‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएको जानकारी दिइएको छ ।

‘हाम्रो सिनेमाका लागि हामीले कलाकार छनोट सुरु गरेका छौँ । पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गराएका हौं,’ निर्माता विनोद पौडेलले भने, ‘अन्य कलाकार पनि अब अनुबन्ध गर्दै जानेछौं ।’ उनले सिनेमाको पात्रअनुसार बलियो लाइनअप बनाउँदै जाने बताए ।

सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन् । यसअघि निर्माण घोषणा ताका साउन २४ गते रिलिज हुने भनिएको ‘अभिमन्यु’ अब एक महिना पछाडी सर्दै भदौ २७ गते रिलिज हुने निर्माण टिमले जानकारी दिएको हो ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । यो उनको डेव्यु निर्देशकीय सिनेमा हो । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथा सिनेमा निर्माण हुनेछ । यो सिनेमा नेपाल र विदेशमा एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।

मुकेश खनालको लेखन तथा मदन थापा क्रियटिभ निर्देशक रहेको सिनेमालाई शरद महताले खिच्ने छन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका सह-निर्माता रमेश चौलागाई र हरि श्रेष्ठ हुन् ।