‘जेरी अन टप’ ६० दिनमा प्याकअप, कहिले हुन्छ रिलिज ?

‘जेरी अन टप’ ६० दिनमा प्याकअप, कहिले हुन्छ रिलिज ?

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘जेरी अन टप’को छायांकन सकिएको छ । मुस्ताङमा अन्तिम दृश्य खिचेर सोमबार कलाकारसहितको टिम काठमाडौं फर्किसकेको छ । निर्माता सरोज न्यौपानेले दुई गीतबाहेकको छायांकन ६० दिनमा सकिएको जानकारी दिए । निर्माता न्यौपानेका अनुसार दुई गीतमध्ये एउटा भारतको पुडुचेरी र अर्को काठमाडौंमा खिचिनेछ ।

मुस्ताङसहित सगरमाथा बेसक्याम्प र काठमाडौंमा छायांकन गरिएको सिनेमाको केही दृश्य काठमाडौंमा झन्डै एक करोडको लागतमा तयार पारिएको सेटमा खिचिएको थियो । निर्माता सरोज न्यौपानेले उत्कृष्ट सिनेमा तयार हुनका लागि आवश्यक कुनै पक्षमा सम्झौता नगरिएको बताएका छन् ।

छायांकन नसकिँदै हङकङको एलजी एसोसिएट्सले एमजी (मिनिमम ग्यारेन्टी)मा सिनेमाको अस्ट्रेलियाबाहेकको अन्तर्राष्ट्रिय वितरण तथा प्रदर्शन अधिकार खरिद गरिसकेको छ । विदेश प्रदर्शन अधिकारबाट सिनेमाको आधा लगानी उठिसकेको निर्माता न्यौपानेले बताए । उनका अनुसार कलाकारको पारिश्रमिकदेखि छायांकनसम्म सिनेमाको बजेट लगभग ६ करोड पुगेको छ ।

सिनेमाको प्रदर्शन मिति भने तय भइसकेको छैन । वितरक कम्पनीसँगको सल्लाहमा केही दिनमै सिनेमाको प्रदर्शन मिति सार्वजनिक गरिने निर्माता न्यौपानेले बताए । सुयोग गुरुङको निर्देशनमा निर्माण भएको यो लभस्टोरी सिनेमामा अनमोलसहित आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, सुरक्षा पन्त, उषा खड्गी लगायतको अभिनय छ ।