द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता नरेन खड्का सामाजिक कथावस्तुमा निर्माण हुन लागेको सिनेमा ‘बिगुल’को मुख्य भूमिकामा अनुबन्धित भएका छन् । उनीसँग निर्माताले केही दिन अघि लिखित सम्झौता गरेका हुन् । उनी पछिल्लो पटक सिनेमा ‘बुलाकी’मा देखिएका थिए ।
एमजीपीको ब्यानरमा निर्माण हुन लागेका सिनेमालाई अन्यायविरुद्धको आवाज भनिएको छ । ‘बिगुल’मा नरेनबाहेक अरु कलाकार निश्चित भएका छैनन् । उनको अपोजिटका लागि निर्माण टिमले केही नाम चलेका अभिनेत्रीसँग कुरा गरिरहेको छ । आगामी बैशाख १ गते मुहूर्त गरेर सिनेमाको छायांकन सुरु गर्ने तयारी निर्माण टिमको छ ।
‘बिगुल’लाई रमेश कोइरालाले निर्देशन गर्नेछन् । यसअघि उनले ‘लीला’ र ‘नीरमाया’ सिनेमाको निर्देशन गरिसकेका छन् । ‘बिगुल’को अर्थ संकेत दिनका लागि फुकेर बजाइने बाजा भन्ने हुन्छ । मौनता श्रेष्ठको लेखन रहेको सिनेमामा कल्पना पौडेल प्रस्तुतकर्ताको रुपमा छिन् । सिनेमालाई शिव ढकालले छायांकन गर्नेछन् ।


प्रतिक्रिया