सौरभ चौधरी निर्देशित ‘कर्मा’का लागि गायक दुर्गेश थापाले गाए गीत

सौरभ चौधरी निर्देशित ‘कर्मा’का लागि गायक दुर्गेश थापाले गाए गीत

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गायक दुर्गेश थापाले आगामी चैत्र २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको सिनेमा ‘कर्मा’का लागि दुर्गेशले गीत गाएका हुन् । दुर्गेश स्वयंले आफूले ‘कर्मा’को गीत गाएको जानकारी दिएका छन् ।

केही दिनअगाडि दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन भएको छ । दुर्गेशको गीत सिनेमाभित्रै समावेश हुने बताइएको छ । दुर्गेशकले गाएको गीतमा सिनेमाका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल लगायत देखिनेछन् । निर्माणपक्षका अनुसार केही दिनमा यो गीत सार्वजनिक गर्ने तयारी भैरहेको छ ।

नेपाल र विदेशमा यो चलचित्र एकसाथ रिलिज हुँदैछ । निर्माणपक्षले आज गायक सुशान्त केसीको आवाजमा रहेको ‘पागल पागल जस्तै’ बोलको गीत सार्वजनिक गर्दैछ । गायक केसीले ‘कर्मा’ मार्फत पाश्र्व गायनमा डेब्यु गरेका हुन् । केही दिनअघि निर्माणपक्षले भिडियो छायांकन गरेको थियो । यो गीतमा सुशान्त केसीकै शब्द, संगीत र स्वर छ ।

सिनेमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्ययदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी आफैँले लेखेका हुन् ।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । यो सिनेमामा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन, तारानाथ न्यौपाने मुख्य सहायक निर्देशन, समीर मियाको भिएफए, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर-ट्रेलर, विजय बास्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्टको रुपमा रहेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो । जसले गर्दा यो सिनेमा पनि दर्शक र समीक्षकको प्रतिक्षामा रहेको बुझ्न सकिन्छ ।