‘चमेलीको पोइ’को मुख्य भूमिकामा नारायण त्रिपाठीपछि मुकुन भुसाल र सुरक्षा पन्त अनुबन्धित

‘चमेलीको पोइ’को मुख्य भूमिकामा नारायण त्रिपाठीपछि मुकुन भुसाल र सुरक्षा पन्त अनुबन्धित

द सिनेमा टाइम्स
357
Shares

द सिनेमा टाइम्स, काठमाडौं । एभरेष्ट सुर्य बोहराको निर्देशनमा निर्माण हुने सिनेमा ‘चमेलीको पोइ’को मुख्य कलाकारमा चर्चित हास्य कलाकार नारायण त्रिपाठीपछि मुकुन भुसाल र सुरक्षा पन्त अनुबन्धित भएका छन् । प्रेम चरोको उपनामले परिचीत हास्य कलाकार त्रिपाठी ६० को दशकमा चर्चित थिए । उनी लामो समयको अन्तरालपछि ठूलो पर्दामा कमब्याक गर्न लागेका हुन् ।

सिनेमामा उनको भूमिकाको बारे भने सस्पेन्स नै राखिएको छ । नेपाली नयाँ बर्ष ०८२ को पहिलो दिन शुभमुर्हतसँगै सुटिङ सुरु गरिने सिनेमामा विल्सन बिक्रम राई, रविन्द्र झा, रजनी गुरुङ, अंशु महर्जन, उमेश राई, बबिन राई, खड्गबहादुर पुन, अनुश्का नारायण, मिरा गौतम, अनिल गुरुङ, गणेश गौतम, रितु मल्ल ठकुरी, धनलक्ष्मी बोहरा, मिरा आरएल शाही ठकुरी, प्रकाश कँडेल, बिनोद बज्रचार्य, कपिल आचार्य, प्रदिपकुमार सापकोटा, सुनीता सापकोटा, रामनारायण उपाध्याय र निर्देशक बोहराले समेत अभिनय गर्दैछन् ।

एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सह-निर्माणमा धन लक्ष्मी सिने मेकर्सले निर्माण गर्ने सिनेमाको निर्मातामा सुनीता सापकोटा र रामनारायण उपाध्याय अनि कार्यकारी निर्मातामा उदय बिक्रम राणा र रितु मल्ल ठकुरी छन् । प्रदिपकुमार सापकोटा, कपिल आचार्य, यम प्रसाद ओली, यम बराल, नारायण त्रिपाठी र सुदिप कुँवर सह-निर्माता रहेको सिनेमा निर्देशक बोहरा स्वंयमले लेखेका हुन । सह-लेखनमा उनलाई शिभम् अधिकारीले सघाएका छन् ।

पारिवारिक कथानक ‘चमेलीको पोइ’को गीतमा शम्भुजीत बाँसकोटा, राजनराज शिवाकोटी र आशिष अबिरलको संगीत छ । यसअघि ‘कान्छा’, ‘अग्नी परिक्षा’, ‘मुटु’, ‘ठूली’, ‘भैरे’, ‘श्री’, ‘हेल्लो जिन्दगी’ जस्ता सिनेमा निर्देशन गरिसकेका निर्देशक बोहराको यो सिनेमाको छायांकन काठमाडौ, पोखरा र मुस्ताङ गरिनेछ ।