‘कर्मा’ रिलिज पश्चात एक्सन सिनेमामा काम गर्ने उपासनाको रहर

‘कर्मा’ रिलिज पश्चात एक्सन सिनेमामा काम गर्ने उपासनाको रहर

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री उपासना सिंह ठकुरीले आफू ‘कर्मा’को एक्सन हेरेर प्रभावित भएको बताएकी छन् । सेटमा ‘कर्मा’को एक्सन सिन हेरेर आफू लोभिएको उनले बताइन् । ‘म कर्मामा एक्सन अवतारमा छैन । तर, कर्मामा जसरी एक्सन सिनमा काम भएको मैले देखेँ, मलाई निकै मनपर्यो,’ उपासना भन्छिन्, ‘मैले आजसम्म एक्सन सिनेमा गरेको छैन । तर, अब काम गर्ने रहर छ ।’

एक्सन गर्ने अभिनेताको अपोजिटमा रहेपनि आफू भने ‘कर्मा’मा एक्सन भूमिकामा नरहेको स्पष्ट पारिन् । तर, एक्सन सिनेमामा काम गरिरहँदा आफूलाई पनि एक्सन सिनेमामा काम गर्ने रहर भने पलाएको र त्यसको अफरको अपेक्षा रहेको बताइन् । ‘मलाई पनि एक्सन सिनेमामा काम गर्ने रहर छ । अरु क्यारेक्टर धेरै गरेँ । तर, अब एक्सन सिनेमाबाट अफर आओस भन्नेछ,’ उपासना भन्छिन्, ‘म एक्सन सिनेमाबाट अफर आउँछ भन्ने पर्खाइमा छु ।’

उनले एक्सन सिनेमाबाट अफर आउने विश्वास समेत व्यक्त गरेकी छन् । सौरभ चौधरीले आफ्नो सिनेमा खिच्दा त्यसको प्रभाव उपासनामा परेको हो । एक्सन सिनेमामा काम गर्न आफू जस्तो सुकै तयारी गर्न पनि तयार रहेको उनले बताएकी छन् ।

उपासना ‘कर्मा’मा विपीन कार्कीको अपोजिटमा छिन् । सिनेमामा विपिन र उपासनासँगै मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

नयाँ वर्ष २०८२ को छेको पारेर सिनेमा ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदैछ । नेपाल र विदेशमा यो सिनेमा एकसाथ प्रदर्शन हुनेछ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । यो सिनेमामा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर-ट्रेलर, विजय बस्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।