युनिभर्सल सर्टिफिकेटसहित सेन्सर पास भयो प्रकास र स्वस्तिमाको ‘वसन्त’

युनिभर्सल सर्टिफिकेटसहित सेन्सर पास भयो प्रकास र स्वस्तिमाको ‘वसन्त’

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चैत्र २२ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘वसन्त’ सेन्सर पास भएको छ । यो सिनेमालाई केन्द्रीय जाँच समिति (सेन्सर बोर्ड)ले युनिभर्सल सर्टिफिकेट दिएको हो । यो सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएसँगै हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न पाउने छन् ।

सिनेमा हेरिसकेपछि जाँच समितिले ‘वसन्त’लाई उत्कृष्ट प्रतिक्रिया दिएको सिनेमाका मुख्य सहायक निर्देशक सुनिल विकले बताए । हाम्रो सिनेमाले उठाएको कथा र त्यसले दिन खोजेको सन्देश समय सान्दर्भिक रहेको प्रतिक्रिया सेन्सरबाट मिलेकाले दर्शकबाट पनि राम्रो साथ र उत्कृष्त प्रतिक्रिया मिल्नेमा आशावादी रहेको मुख्य सहायक निर्देशक विकले सुनाए ।

यसैबीच यो सिनेमाको देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म अग्रीम टिकट बुकिङ खुल्ला भएको छ । सिनेमाले प्रचार सामाग्रीबाट निर्माण गरेको उच्च हाइपका कारण हलले उच्च शो उपलब्ध गाराएका छन् । सिनेमाले सुरुवाती व्यापार पनि बम्पर हुनेमा निर्माण टिम र हल सञ्चालक अनुमान छ । नेपाली नयाँ वर्ष अनि चैते दशैंको प्रभाव हलमा राम्रै देखिने अपेक्षा सिनेमाकर्मीको छ । त्यसले पनि यो सिनेमालाई वर्षकै प्रतिक्षित सिनेमाको सुचीमा राखिएको हो ।

नेपाल र विदेशमा एक साथ रिलिज हुने सिनेमा ‘वसन्त’मा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।