महानायक राजेश हमालको ‘नरसिंहा: अवतार’को जापान प्रदर्शन अधिकार बिक्रि

महानायक राजेश हमालको ‘नरसिंहा: अवतार’को जापान प्रदर्शन अधिकार बिक्रि

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘नरसिंहाः अवतार’को फर्स्टलुक सार्वजनिक भएसँगै यसको विदेशमा माग बढेको छ । सिनेमाको पोस्टर सार्वजनिक भएसँगै विदेशका अधिकांश ठाउँबाट कुरा आएको र केही दिनमै अधिकांश देशमा प्रदर्शन अधिकार बिक्री भइसक्ने निर्देशक भट्टराईको दाबी छ ।

यसैबिच, यो सिनेमाको जापान अधिकार विक्री भएको छ । सिनेमाको जापान अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । जापानका दर्शकले यो सिनेमाको विषयमा सोधपुछ गर्न थालेपछि आफूले प्रदर्शन अधिकार खरिद गरेको यूएनएका प्रमुख उज्ज्वल गुरागाईको भनाई छ । निर्माणपक्षले कति रकममा जापान अधिकार विक्री गरेको खुलाएको छैन ।

महानायक राजेश हमालको कमब्याक सिनेमा भएकाले पनि यसको चर्चा बढेको हो । साथै, सिनेमाको निर्माणपक्षले ६० फिट लामो पोस्टर सार्वजनिक गरेपछि यसको चर्चा चुलिएको थियो । सिनेमामा महानायक हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।

क्रियटिभ सिने आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । यो सिनेमा आगामी जेठ ९ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने तयारी छ ।