जिबी आग्रीको डेव्यु निर्देशनमा ‘द महावीर’ निर्माणको घोषणा

जिबी आग्रीको डेव्यु निर्देशनमा ‘द महावीर’ निर्माणको घोषणा

द सिनेमा टाइम्स
259
Shares

द सिनेमा टाइम्स, काठमाडौं । जिबी आग्रीको डेव्यु निर्देशनमा सिनेमा ‘द महावीर’ निर्माणको घोषणा गरिएको छ । आइतबार रामनवमीको अवसरमा निर्माणपक्षले एक थिम पोस्टर सार्वजनिक गर्दै सिनेमा निर्माणको घोषणा गरेको हो । सिनेमाको कथावस्तु के हो निर्माणपक्षले प्रष्ट खुलाएको छैन ।

थिम पोस्टर भने रेड एन्ड डार्क रहेकाले युद्धको पृष्ठभूमीमा कथा रहेको अनुमान लगाउन सकिन्छ । दुईवटा बलिष्ट घोडा दौडाएर दुईव्यक्ति आमानेसमाने भएको पोस्टरमा उल्लेख छ । बीचमा ठूलो तरवार रातो कपडाले बेरिएको अवस्थामा कसैले उठाउन तयार रहको अवस्थामा चित्रित छ । यसले युद्धको संकेत गरेको छ ।

सिनेमाको स्लोगन ‘राइज फाइट कन्क्वेर’ छ । उठ, लड र जित भन्ने स्लोगनले दुईपक्षबीचको द्वन्द्वलाई संकेत गरेको छ । सिनेमाको कथा कृष्ण बिके र जिबी आग्रीले लेखेका छन् । लक्षरा फिल्मस्को प्रस्तुति रहने ‘द महावीर’मा कृष्ण बिके, बिआर रेड्डी, सन्तोष लुहार निर्माता तथा सह-निर्मातामा रम्भा देवी र लक्ष्मण बिके छन् ।

वरिष्ठ संगीतकार सुरेश अधिकारी कार्यकारी निर्माता रहेको सिनेमा डिरेक्टर अफ फोटोग्राफीमा सरण रिसी छन् । हिन्दी र नेपाली भाषामा निर्माण हुने सिनेमामा को-को कलाकार रहने भन्ने निर्माणपक्षले जानकारी दिएको छैन । सिनेमाका डेव्यु नर्देशक जिबी आग्रीले भने, ‘हामी केही समयपछि कलाकार र रिजिल डेट बारे जानकारी दिनेछौं । जसमा कलाकारकमे लाइनअप निकै बलियो र अनपेक्षित हुनेछ ।’