छायांकनरत सिनेमा ‘कल्ली’बाट अभिनेता अपर्ण थापाको लुक्स सार्वजनिक

छायांकनरत सिनेमा ‘कल्ली’बाट अभिनेता अपर्ण थापाको लुक्स सार्वजनिक

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं । कर्णाली प्रदेशका विभिन्न ठाउँमा छायांकन भइरहेको सिनेमा ‘कल्ली’को सेटबाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक भएको छ । यो सिनेमाको विगत केही सातादेखि धमाधम छायांकन भइरहेको छ । काठमाडौंमा केही दिन छायांकन गरेर यसको निर्माणपक्ष जुम्ला पुगेको हो ।

सिनेमामा अर्पण थापाको लुक्सले दर्शकहरुमा कौतुहलता बढाउने देखिन्छ । निर्माणपक्षले सिनेमामा उनको भूमिका के हो भन्ने खुलाएको छैन । सिनेमाका निर्माता किरण नेपालीका अनुसार अबको एक सातामा सम्पुर्ण छायांकन सकिनेछ । लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो सिनेमामा हिमाल कडरिया र अमलादेवी राइको लगानी छ ।

महेश दवाडीको लेखन रहेको सिनेमामा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् । यो सिनेमामा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपाली लगायतको अभिनय छ ।

निसाल पौडेलको छायांकन रहेको यो सिनेमाको प्रदर्शन मिति भने तय गरिएको छैन । निर्माणपक्षले सिनेमाको छायांकन भइरहेको समयमा अर्पण थापाको लुक्स किन रिलिज गर्यो, त्यो आफैमा कौतुहलताको बिषय छ । तर, अर्पणले यसअघि यस्तो लुक्समा काम गरेका थिएनन् । लक्ष्मण सुनारको निर्देशनमा यो सिनेमा तयार भइरहेको छ ।