अनिल योञ्जन निर्देशित धिरज र मिरुनाको ‘कुस्ती’ ३९ औं दिनमा इन्डक्ल्याप

अनिल योञ्जन निर्देशित धिरज र मिरुनाको ‘कुस्ती’ ३९ औं दिनमा इन्डक्ल्याप

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । काठमाडौँ आसपासका क्षेत्रमा छायांकन गरिएको सिनेमा ‘कुस्ती’को इन्डक्ल्याप गरिएको छ । छायांकनको ३९औं दिनमा गीत बाहेकका दृश्य सकेर इन्डक्ल्याप गरिएको निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिए । प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन संघर्षरत जोडीको कथालाई सिनेमामा दर्शकले हेर्न पाउने निर्देशक योञ्जनले बताए ।

निर्देशक योञ्जनले निर्धारित सेयुल अनुसार नै सिनेमाको छायांकन सकिनुमा यसमा आवद्ध कलाकार र प्राविधिकको कार्य कौशलता महत्वपूर्ण रहेको बताए । छायांकन अगावै सार्वजनिक थिम पोस्टरका कारण चर्चामा रहेको सिनेमामा अभिनेता धीरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय छ ।

निर्देशक योञ्जनले सिनेमाको छायांकनकै क्रममा अन्तर्राष्ट्रिय वितरकबाट प्रदर्शन अधिकार खरिदका प्रस्ताव आइरहेको भन्दै छिटै विदेश प्रदर्शन तय गर्ने जानकारी दिए । धिरज र मिरुनाको जोडीलाई एकसाथ पर्दामा हेर्ने नेपालसँगै प्रवासी नेपाली पनि उत्साहित छन् । निर्देशक योञ्जनका अनुसार केही देशमा सिनेमाको प्रदर्शन अधिकार सम्बन्धी छलफल अन्तिम चरणमा छ ।

सिनेमामा उमङ्ग शाहीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको संगीत, शिशिर खातीको नृत्य निर्देशन रहेको छ । डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको सिनेमामा ड्रेस आइआइएफटी (धीरज एण्ड मिरुना) र बोमी राईले स्टाइलिस गरेका छन् । काठमाडौंमा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनिले वितरण गर्ने सिनेमा आउँदो वर्ष २०८२ को भदौमा प्रदर्शन हुनेछ ।