द सिनेमा टाइम्स, काठमाडौं । यतिवेला जुम्लामा धमाधम छायांकन भइरहेको सिनेमा ‘कल्ली’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमाको निर्माणपक्षले आउँदो वर्षको कात्तिक २१ गतेबाट सिनेमा रिलिज गर्ने घोषणा गरेको हो । तिहारको दुई हप्तापछि यो सिनेमा प्रदर्शनमा आउन लागेको हो ।
काफिया फिल्मस् र कुबेर सिने डिष्ट्रीव्युसनले यो सिनेमालाई काठमाडौं र मोफसलमा वितरण गर्नेछन् । वितरकहरुसँग सल्लाह गरेर रिलिज मिति घोषणा गरिएको सिनेमा प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । हिमाल कडेरिया र अमला देबी राई निर्माता रहेको सिनेमामा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ । महेश दवाडीको लेखन रहेको सिनेमाका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा यो सिनेमा निर्माण भएको हो । यो सिनेमामा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय छ । निसाल पौडेलको छायांकन रहेको यो सिनेमाको कथावस्तुको विषयमा निर्माणपक्षले केही पनि बताएको छैन ।



प्रतिक्रिया