कस्तो देखियो ‘नरसिंहाः अवतार’मा राज र सनिशाको जोडी ?

कस्तो देखियो ‘नरसिंहाः अवतार’मा राज र सनिशाको जोडी ?

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठको ९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सिनेमाका मुख्य अभिनेता राज कटुवाल र अभिनेत्री सनिशा भट्टराईलाई सार्वजनिक नयाँ पोस्टरमा स्थान दिइएको छ । सार्वजनिक पोस्टरले सिनेमा भित्र राज र सनिशालाई जोडीको रुपमा हेर्न सकिने वुझ्न सकिन्छ ।

चलचित्र विकास बोर्डका पूर्व सदस्य समेत रहेका राज यो सिनेमाबाट अभिनेताको रुपमा उदाउने दाउमा छन् । सिनेमामा उनले महानायक राजेश हमालसँग पर्दा शेयर गरेका छन् । यो सिनेमाका लागि राजले निकै मिहिनेत गरेको बुझिएको छ । सिनेमाका लागि राजले एक्सन समेत सिकेका थिए । ‘१२ गाउँ’को व्यापारबाट दंग सनिशा अब ‘नरसिंहाः अवतार’मा झनै बुलन्द रुपमा प्रस्तुत भएर दर्शकको ध्यान खिच्ने तयारीमा छिन् ।

सिनेमाको फर्स्टलुक सार्वजनिक भएसँगै चर्चामा आएको यो सिनेमाको अभिनेता राज कटुवाल र अभिनेता सनिशा भट्टराईलाई स्थान दिइएको नयाँ पोस्टरले दर्शकमाझ अझै उत्साह बढ्ने देखिएको छ । यो पोस्टरले सिनेमा एक्सनसँगै रोमान्टिक जनरामा निर्माण भएको बुझ्न सकिन्छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । सिनेमामा राजेश हमाल, सरोज खनाल, निर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायतका कलाकारको अभिनय छ । यो पोस्टरलाई राकेश दाहालले तयार पारेका हुन् ।

सिनेमामा राजु विक्रम थापाको डीओपी, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो सिनेमाका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।