आज शुक्रबारबाट प्रदर्शनमा आए दुई एक्सन सिनेमा ‘पिताम्बर’ र ‘कर्मा’

आज शुक्रबारबाट प्रदर्शनमा आए दुई एक्सन सिनेमा ‘पिताम्बर’ र ‘कर्मा’

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चैत्र २९ गते आज शुक्रबारबाट नेपाली नयाँ वर्षको अवसर पारेर दुई सिनेमा ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा आएका छन् । एक्सन जनरामा निर्माण भएका यी दुवै सिनेमाले वर्ष २०८१ को सुखद् अन्त्य गराउने अपेक्षा राखिएको छ । यी दुवै सिनेमामा कलाकारको लाइनअप बलियो र प्रचार सामाग्रीले दर्शकमाझ राम्रो हाइप बनाएकाले बक्सअफिस राम्रो सुरुवात गर्ने अपेक्षा सिनेमाकर्मीमा छ ।

‘पिताम्बर’ र ‘कर्मा’ दुवैले राम्रो शो पाएका छन् । कृषा चौलागाई निर्देशित ‘पिताम्बर’ले देशभरका हलमा १७० शो पाएको छ भने सौरभ चौधरी निर्देशित ‘कर्मा’लाई १५० शो प्राप्त छ । अग्रीम टिकट बुकिङमा ‘पिताम्बर’ केही अगाडि देखिए पनि ‘कर्मा’को पनि अग्रीम टिकट बुकिङ सुखद् नै देखिन्छ । त्यसैले यी दुवै सिनेमाको विहान अकुपेन्सी सुखद् समेत देखिएको छ ।

दुवै सिनेमा एक्सनप्रधान भएपनि विषय उठानको हिसाबले फरक छन् । ‘पिताम्बर’ महिलामाथि हुने अन्यायविरुद्धको कथामा आधारित रहेको छ । ‘कर्मा’मा भने भ्रष्ट सिस्टमविरुद्ध लड्ने एक सामान्य व्यक्तिले गरेको संघर्षको कथा छ । यी दुवै सिनेमाका प्रचार सामाग्रीहरू दर्शकमाझ चर्चाको विषय बनेकाले व्यापारिक हिसावमा समेत अब्बल देखिने विश्वास दुवै सिनेमाका निर्मातालाई छ ।

अभिनेता विपिन कार्की एक्सन अवतारमा प्रस्तुत भएकाले पनि ‘कर्मा’को प्रतिक्षामा दर्शक रहेको बुझिन्छ । सिनेमाका यसअघि सार्वजनिक प्रसार सामाग्रीले पनि दर्शकको मन जितिरहेका छन् । बसन्त लम्सालको लागानी रहेको सिनेमामा विपिनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव पन्त, सरिता गिरी, बेन बस्नेत लगायतको पनि अभिनय छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा विशाल चौलागाई निर्माता तथा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाई सह-निर्माता, सुमन गौतम कार्यकारी निर्मातामा छन् ।

सिनेमामा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सुरक्षा पन्त, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुरवीर पण्डित, विशाल पहारी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाई र सुप्रोल बुढाथोकीको अभिनय छ ।

दोस्रो हप्तामा ‘वसन्त’

गत चैत्र २२ गतेबाट प्रदर्शनमा आएको गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित सिनेमा ‘वसन्त’ आज शुक्रबारबाट दोस्रो हप्तामा प्रेवेश गरेको छ । पहिलो हप्ता दर्शकको अब्बल वर्डअफ माउथसहित सुखद् व्यापार गरेको सिनेमाले दोस्रो हप्तामा पनि राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ ।

नेपाल र विदेशमा एक साथ रिलिज रिलिज भएको सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।