द सिनेमा टाइम्स, काठमाडौं । दिनेश लिङ्देनको लेखन तथा निर्देशनमा सिनेमा ‘मातृभूमि’ निर्माण हुने भएको छ । सिनेमामा कविता राई लिङ्देन निर्माता छिन् ।
सिनेमामा सन्जीब थेबे, सोनिया शर्मा, भीमबहादुर मगर, लक्ष्मी योङहाङ, भरत मल्ल, राजकुमार लिङदेन, सुमन थाम्सुहाङ, केशवराम राई, साङ्मु शेर्पा, रोहित रुम्बा, नरेशकुमार मेन्याङबो, चुङलामु शेर्पा, कुमबहादुर घर्ति, निस्मा जिमी, सुर्य सिम्खडा र शम्भु फोम्बोको अभिनय रहनेछ ।
निर्देशक लिङ्देनले सिनेमाको कथा नेपालको विभित्र जातजाति, संस्कार, संस्कृतिमा आधारित रहने बताए । उनका अनुसार सिनेमाको छायांकन काठमाडौं, नेपालको पूर्वी जिल्ला र केही भाग अमेरिकामा हुनेछ ।
फाल्गुनन्द लिङदेन फिल्मस् प्रालिले निर्माण गर्ने सिनेमाका प्रस्तुतकर्ता नरेशकुमार मेन्याङबो तथा कार्यकारी निर्मातामा भीमबहादुर मगर र वसन्त थेवे सह–निर्माता छन् ।
सिनेमामा पुन्य ओझा र बाबु तामाङको द्वन्द्व, जनक कार्कीको नृत्य, सम्राट कार्कीको छायांकन, दीपक तामाङको मुख्य सहायक निर्देशन र छेदा शेर्पाको प्राविधिक निर्देशन रहनेछ । सिनेमामा दावा रिन्जिङ शेर्पाको निर्माण व्यवस्थापन, नवराज केसीको अन्तर्राष्ट्रिय व्यवस्थापन रहनेछ ।


प्रतिक्रिया