द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित सिनेमा ‘वसन्त’ आज चैत्र २९ गते शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्ता दर्शकको उत्कृष्ट वर्डअफ माउथसहित सुखद् व्यापार गरेको सिनेमाले दोस्रो हप्तामा पनि राम्रो बक्सअफिस अकुपेन्सी कायम गर्ने विश्वास निर्माण टिमको छ ।
दोस्रो हप्तामा नेपाली नयाँ वर्ष पनि परेको हुँदा सिनेमाले पाएको शोमा राम्रो अकुपेन्सी कायम गर्ने अपेक्षा पहिलो हप्ता दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया मार्फत् बुझ्न सकिन्छ । यो सिनेमाले दोस्रो हप्तामा पनि सिंगल स्क्रिनदेखि मल्टप्प्लेक्ससम्म राम्रो शो आफ्नो पोल्टामा यथावत् राख्न सफल छ । यो सिनेमाबाट गायक तथा अभिनेता सुपतको लेखन र निर्देशनको पनि तारिफ भैरहेको छ ।
निर्देशक सपुत पनि वुसन्तका कमी कमजोरीलाई आगामी प्रोजेक्टहरुमा सुधार्दै लैजाने बताउँछन् । नेपाल र विदेशमा एक साथ रिलिज रिलिज भएको सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।
सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।


प्रतिक्रिया