द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठको ९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘नरसिंहाः अवतार’बाट अभिनेत्री नीति शाहको लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्टलुकमा नीति मुस्कुराएकी छिन् । यो पोस्टरले उनी सिनेमामा कसैको श्रीमती वा प्रेमिकाको रुपमा देखिन लागेको वुझ्न सकिन्छ । तर, कुन पात्रसँग उनको जोडी बाँधिएको छ भन्ने खुलेको छैन ।
यो सिनेमालाई लिएर नीति निकै नै उत्साहित छिन् । उनले, महानायक राजेश हमालसँग सिनेमामा काम गर्न पाउँदा आफू उत्साहित भएको र धेरै कुरा सिकेको पनि बताएकी छिन् ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाही, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत लगायतका कलाकारको अभिनय छ ।
क्रियटिभ सिने आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । राजु विक्रम थापाको छायांकन रहेको सिनेमामा चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।



प्रतिक्रिया