द सिनेमा टाइम्स, काठमाडौं । ओम प्रतिकको लेखन तथा निर्देशनमा सिनेमा ढुकढुकी निर्माण घोषणा गरिएको छ । हाल पोष्ट प्रोडक्सनमा रहेको सिनेमा ‘मोहर’ निर्माण टिमले ‘ढुकढुकी’ घोषणा गरेको हो ।
यसअघि ‘ढुकढुकी’ शिर्षकमा विनोद मानन्धरले सिनेमा निर्माण तथा पटकथा तथा संवाद ओम प्रतिकले लेखेका थिए । अब, ओम आफैं ‘ढुकढुकी’ नाममा सिनेमा निर्देशन गर्न अगाडि सरेका हुन् । २५ वर्ष पछि यो शिर्षकमा पुनः सिनेमा निर्माण हुन लागेको हो ।
फिल्ममेकर प्रालिको प्रस्तुतिमा नेपाली नयाँ वर्ष २०८२ को पहिलो दिनमा घोषणा गरिएको चुम्बन जंग शाही निर्माताको रुपमा छन् । यो सिनेमाको छायांकन तिहारपछि सुरु हुने जानकारी दिइएको छ । सिनेमाका लागि अहिलेसम्म कोही पनि कलाकार फाइनल गरिएको छैन ।
ओम प्रतिकले निर्देशन गरेको तथा चुम्बन जंग शाहीले निर्माण गरेको सिनेमा ‘मोहर’ आगामी साउनको २३ गतेबाट प्रदर्शनमा आउँदैछ । यो सिनेमाको रिलिजपछि ‘ढुकढुकी’को छायांकनको काम अगाडि बढाउने निर्माणपक्षले बताएको छ ।


प्रतिक्रिया