पल शाहको लगानीमा ‘यानीमाया’ निर्माण घोषणा, विकास सुवेदीले निर्देशन गर्ने

पल शाहको लगानीमा ‘यानीमाया’ निर्माण घोषणा, विकास सुवेदीले निर्देशन गर्ने

द सिनेमा टाइम्स
259
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता पल शाह लगानीमा सिनेमा निर्माण हुने भएको छ । एक दशकदेखि नेपाली सिनेमा र म्युजिक भिडियोमा सक्रिय रहेका पलले नयाँ वर्षको अवसर पारेर पहिलो सिनेमाको निर्माण घोषणा गरेका हुन् ।

पल शाह फिल्मस्को व्यानरमा निर्माण हुन लागेको सिनेमाको नाम ‘यानीमाया’ राखिएको छ । यो सिनेमालाई ‘प्रकाश’, ‘पूजार सार्की’ र ‘महाभोज’का लेखक विकास सुवेदीले निर्देशन गर्दैछन् । विकासले यही सिनेमाबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।

फ्यामिली ड्रामा कथामा आधारित रहेर यो सिनेमा निर्माण हुनेछ । सिनेमाको स्क्रिप्ट पनि निर्देशक विकास सुवेदीले नै लेखेका हुन् । विकासले लेखेका तीन सिनेमा पनि सामाजिक कथावस्तुमै निर्माण भएका थिए । उनले, आफ्नै स्टाइलको सिनेमा निर्माया गर्न लागेको जानकारी दिए ।

अभिनेता पल शाहले पनि आफुलाई दर्शकले निकै माया दिएकाले आफू अब सिनेमा निर्माणमा अगाडि बढेको बताए । सिनेमा निर्माणमा पनि दर्शकबाट अपार माया र साथ पाउने विश्वास अभिनेता शाहले व्यक्त गरेका छन् । सिनेमाको छायांकन असारबाट सुरु गरिने जानकारी निर्माणपक्षले दिएको छ । सिनेमामा कलाकारहरु फाइनल गर्न बाँकी रहेको निर्देशक सुवेदीले बताए ।