विवाह बन्धनमा बाँधिइन् ‘नरसिंहा: अवतार’ अभिनेत्री नीति शाह

विवाह बन्धनमा बाँधिइन् ‘नरसिंहा: अवतार’ अभिनेत्री नीति शाह

द सिनेमा टाइम्स
315
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गतवर्ष प्रदर्शनमा आएको सिनेमा ‘खजुरे ब्रो’बाट सिनेमामा डेव्यु गरेकी अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिएकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले प्रेमी याञ्चित समशेर राणासँग विवाह गरेकी हुन् । उनीहरुको विवाह न्यायाधीश दीनबन्धु बरालको इजलासमा भएको हो । करिब ४ वर्ष लामो प्रेम सम्बन्धलाई शुक्रबार उनीहरुले विवाहमा परिणत गरेका थिए ।

पेशाले याञ्चित एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियर हुन् । सन् २०१७ मा मिस इन्टरनेशनल नेपालको उपाधि नीतिले जितेकी थिइन् । यतिबेला सिनेमामा उनको राम्रो माग छ । गत वर्ष ‘खजुरे ब्रो’ पश्चात उनले अभिनय गरेको दोस्रो सिनेमा ‘ज्वाइँ साब’ पनि प्रदर्शनमा आएको थियो । अब उनको तेस्रो सिनेमा ‘नरसिंहा अवतार’ आगामी जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

यो सिनेमामा उनको जोडी महानायक राजेश हमालसँग बाँधिएको छ । आगामी साउन २३ गते उनी अभिनीत चौथो सिनेमा ‘मोहर’ पनि प्रदर्शनमा आउँदैछ । हालै ‘कोशेढुंगा’को छायांकन सकेकी उनको पाइपलाइनमा ‘रुखान’सहित केही सिनेमा छन् । जसले उनी अहिले नेपाली सिनेमाकी डिमाण्डेड अभिनेत्री हुन भन्दा फरक पर्दैन् ।