द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले सिनेमा छायांकनका लागि इनडोर स्टुडियो निर्माणका ठेक्का सम्झौता गरेको छ ।
निर्माण कम्पनीसँग ५ करोड ३६ लाख ८६ हजार ८४४ रुपैयाँमा ठेक्का सम्झौता गरिएको चलचित्र विकास बोर्डले जनाएको छ ।
इनडोर स्टुडियो निर्माणका लागि यू एन्ड एस र एनएस रेग्मी जेभी माझि फेडा काभ्रे कम्पनी स्टुडियो निर्माणका लागि ठेक्का पारेको छ ।
बोर्डले न्यूनतम मूल्यांकनका आधारमा ठेकदार कम्पनी छनोट गरिएको जनाएको छ ।
काभ्रेको बनेपा नगरपालिकाको वडा नं. १० र १३ मा इनडोर स्टुटियो निर्माण हुनेछ ।
बोर्डले २०८१ माघ २७ गते बोलपत्र आह्वान गरेको थियो ।
अन्ततः लामो समयपछि इनडोर स्टुडियो बन्ने भएको छ । चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति हुनबित्तिकै अध्यक्ष दिनेश डिसीले आफ्नो कार्ययोजनामा स्टुडियो निर्माणलाई प्राथमिकतामा राखेका थिए ।


प्रतिक्रिया