चलचित्र विकास बोर्ड अध्यक्षको कार्यकाल चार वर्ष हुँदै

चलचित्र विकास बोर्ड अध्यक्षको कार्यकाल चार वर्ष हुँदै


द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्ड अध्यक्षको कार्यकाल अब चार वर्षको हुने सम्भावना छ । अहिले दुई वर्ष रहेको कार्यकाल अब चार वर्षे हुने सम्भावना रहेको हो ।

संसदमा पेश गर्न स्वीकृति दिएको सिनेमा सम्बन्धि विधेयकको ड्राफ्टमा बोर्ड अध्यक्षको कार्यकाल चार वर्ष प्रस्ताव गरिएको स्रोतले बताएको छ ।

सिनेमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरिसकेको छ ।

उक्त विधेयकमा प्रस्तावित चार वर्षे कार्यकाल संसद्बाट पारित भए बोर्ड अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ ।

बोर्ड अध्यक्षको कार्यकाल दुई वर्ष मात्रै हुँदा छोटो समायवधीमा हुँदा चाहेर पनि धेरै काम गर्न सक्ने अवस्था नरहेको बोर्डका पूर्वअध्यक्षहरूले बताउँदै आएका छन् ।

विधेयक पारित भए सिनेमा क्षेत्रका धेरै समस्या आफैँ समाधान हुने बोर्डका पूर्वअध्यक्षहरूले बताएका छन् ।

बोर्डका अध्यक्ष दिनेश डिसीले संसद्को आउँदो अधिवेशनबाट विधेयक पास भएर राष्ट्रपतिबाट लालमोहर लाग्ने बताएका छन् ।