नेरुफमा जितु र केकी उत्कृष्ट अभिनेता-अभिनेत्री, मिलन चाम्स उत्कृष्ट निर्देशक

नेरुफमा जितु र केकी उत्कृष्ट अभिनेता-अभिनेत्री, मिलन चाम्स उत्कृष्ट निर्देशक

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित भएका छन् । शनिबार सम्पन्न ‘चौंथो नेपाल ग्रामिण सिनेमा महोत्सव’मा जीतुले सिनेमा ‘ज्वाइँ साब’बाट उत्कृष्ट अभिनेताको अवार्ड उचालेका हुन् । यो कार्यक्रममा उत्कृष्ट अभिनेत्री केकी अधिकोरी घोषित भइन् । उनले सिनेमा ‘बोक्सीको घर’बाट यो अवार्ड हात पारेकी हुन् ।

गोसाईकुण्ड गाउपालिका रसुवामा गत बैशाख ४ बिहिबारबाट सुरु भएको हिजो ६ गते शनिबार सकिएको अवार्ड समारोहमा अभिनेता प्रदीप खड्काले सिनेमा ‘पुजार सार्की’बाट बेष्ट एक्टर (जुरी) अवार्ड प्राप्त गर्दा बेष्ट म्युजिकल सर्ट सिनेमा अवार्ड ‘प्याकुली’का रामहरी खड्का, बेष्ट कल्चर सिनेमा ‘आप्लेगा नाम्सा’ले र इन्करेजमेन्ट अवार्ड रोनिस खड्काले सिनेमा प्याकुलीबाट पाएका थिए ।

बेष्ट सर्ट सिनेमा ‘म कमरेड’बाट निर्मल पौडेल, बेष्ट डकुमेन्ट्री ‘माझी’बाट सबिर श्रेष्ठ, बेष्ट सिनेमा ‘अञ्जीला’बाट प्रेम श्रेष्ठले अवार्ड उचाले । यो महोत्सवमा बेष्ट सम्पादक भरत रेग्मी सिनेमा ‘पूजार सार्की’, बेष्ट छायांकन शिवराम श्रेष्ठ सिनेमा ‘बोक्सीको घर’, बेष्ट निर्देशक मिलन चाम्स ‘अन्जीला’, जुरी मेन्सन अवार्ड ऋषिराज आचार्य सिनेमा ‘द्रौपदी’, जुरी अवार्ड निर्देशक बसन्त निरौला सिनेमा ‘ज्वाइँ साब’, बेष्ट भिज्युअल इफेट सिनेमा ‘बोक्सीको घर’बाट मनोज श्रेष्ठले जिते ।

सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र गोसाईकुण्ड गाउपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले विजेतलाई अवार्ड तथा प्रमाण पत्र बितरण गरेका थिए । तीन दिनसम्म निरन्तर आयोजना भएको कार्यक्रममा साना र ठुला गरेर २२ फिल्म प्रदर्शन भएका हुन् । दर्जनौं सिनेमाकर्मी र रंगपत्रकारको समेत सहभागीता महोत्सवको समापन ३० औं वन्यजन्तु सप्ताह, चौंथो गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कप २०८२ तथा १३ औं रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता एकसाथ आयोजना भएको थियो ।

‘आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै सिनेमा’ भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालले नियमित रुपमा महोत्सव आयोजना गर्दै आएको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनले महोत्सवले गाउँ गाउँमा सिनेमा संस्कृतिको विकास गर्ने जानकारी दिए ।

यो कार्यक्रममा रेडियो रसुवाका पत्रकार दिपक लामालाई नगद ५,५५५ सहित ‘पत्रकारिता पुरस्कार’ र ‘लाज शरणम्’ सिनेमाका निर्माता नविन श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो । बिगत ४ बर्षदेखि नियमित आयोजना हुदै आएको महोत्सव निरन्तर हुने महोत्सवका अध्यक्ष सापकोटाले बताए ।