द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता जितु नेपाल र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहने सिनेमा ‘कार्की साइँला’को शुभमुहूर्त गरिएको छ । सोमबार बिहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै सिनेमाको मुहूर्त गरिएको हो ।
भारी बोक्ने भरियाको कथामा आधारित भएर बन्न लागेका सिनेमाको मुख्य कलाकार जितु र वर्षा सिवाकोटीले मुहूर्त सट दिएका थिए । उनीहरुले पहिलो पटक सिनेमामा एकसाथ काम गर्न लागेका हुन् । राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको सिनेमामा जितु र वर्षासहित गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङ लगायतको अभिनय रहनेछ ।
कर्ण बहादुर फिल्म्सको ब्यानरमा निर्माण हुने सिनेमाका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ र निर्माता बालकुमार राई हुन् । कार्यकारी निर्मातामा राजु श्रेष्ठ छन् । अजित लामिछानेको पटकथा तथा संवाद रहेको सिनेमामा छायांकन डम्बर बहादुर राई, द्वन्द्व निर्देशन राजु किराँती, संगीत बाबुल गिरि, गीत जीवननाथ गौतम र नृत्य निर्देशन कमल राईको रहनेछ ।
आगामी बैशाख २० गतेबाट कोशी अञ्चलमा अवस्थित पहाडी जिल्ला धनकुटाका विभिन्न ठाउँमा छायांकन हुन लागेको सिनेमाले ग्रामीण जीवनको कथा भन्ने निर्देशक बस्नेतले जानकारी दिए ।


प्रतिक्रिया