सवै कलाकारलाई स्थान दिँदै ‘नरसिंहा: अवतार’को नयाँ पोस्टर सार्वजनिक

सवै कलाकारलाई स्थान दिँदै ‘नरसिंहा: अवतार’को नयाँ पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
350
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठको ९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक पोस्टरमा सिनेमाका सबै कलाकारहरुलाई स्थान दिइएको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमाको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीत सार्वजनिक भइसकेको छ । सामाजिक संजालमा यो गीत सुपरहिट भइरहेको छ । युट्युबमा पनि यो गीतलाई दर्शकले निकै रुचाएको प्रतिक्रिया दिएका छन् ।

यसैबिच, निर्माणपक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा महानायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, टार्जन लगायतका कलाकारलाई स्थान दिइएको छ ।

निर्देशक तथा लेखक दिवाकर भट्टराइका अनुसार यो पोस्टरले सिनेमामा कुन कलाकारको गेटअप कस्तो छ भन्ने प्रष्ट पार्दछ । चन्द्र पन्तको कथा रहेको सिनेमामा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन छ ।

क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जन निर्माता रहेको सिनेमामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।