द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता रिहान गिरीले सिनेमा ‘आहुतिः द वे अफ चेन्ज’को छायांकन सुरु गरेका छन् । गत बैशाख २ गतेबाट उनीहरुले पाँचथरबाट यो सिनेमाको छायांकन सुरु गरेका हुन् ।
‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनबाट चर्चामा आएका यी भुटानी अभिनेता गिरी ‘होस्टल ३’ पछि यतिबेला दोस्रो सिनेमा ‘आहुति’को छायांकनमा व्यस्त छन् । उनको अपोजिटमा साम्राज्ञी आरएल शाहले अभिनय गरिरहेकी छन् । उनले ‘आहुति’मा ग्रामीण महिलाको भूमिका निर्वाह गरेकी छन् । गुपचुप छायांकन भैरहेको सिनेमाको सार्वजनिक भिडियोमा साम्राज्ञी र रिहान दुवैको क्यारेक्टर लुक्स देख्न सकिन्छ ।
अनिल संग्रौलको निर्माण तथा निर्देशन रहेको यो सिनेमामा कलाकार विष्णु सापकोटाको पनि अभिनय छ । अनिल संग्रौला मूभी मेकरको ब्यानरमा निर्माण भैरहेको सिनेमाको बजेट १ करोड २५ लाख बताइएको छ । यो सिनेमालाई यही वर्ष प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको रहेको छ ।


प्रतिक्रिया