‘माया प्रीति’को मुख्य भूमिकामा आशीर्वाद क्षेत्री अनुबन्धित, दिव्यासँग बाँधियो जोडी

‘माया प्रीति’को मुख्य भूमिकामा आशीर्वाद क्षेत्री अनुबन्धित, दिव्यासँग बाँधियो जोडी

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता आशीर्वाद क्षेत्री ‘माया प्रीति’को मुख्य भूमिकामा अनुबन्धित भएका छन् । निर्माणको चरणमा रहेको सिनेमामा आशीर्वादसहित अभिनेत्री दिव्या रायमाझीको समेत मुख्य भूमिका रहनेछ ।

अभि श्रेष्ठको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमाको केही समयदेखि कार्यशालामा रहेको छ । वन टु थ्री स्टुडियोज प्रालिको ब्यानरमा निर्माण हुने सिनेमा छायांकनका लागि अन्तिम तयारीमा छ । सिनेमाको छायांकन निर्देशन श्याम तामाङले गर्नेछन् ।

एक समयको चर्चित टेलिभिजन शो ‘प्ले इट अन’का समूहद्वारा निर्माण गर्न लागेको ‘माया प्रीति’लाई प्राविधिक, क्रियटिभ र व्यवस्थापनमा अनुभवी टिमले निर्माण गरिरहेको छ । सिनेमा नयाँ पुस्ताको प्रेमकथामा आधारित भएर बन्न लागेको रोमान्टिक कमेडी सिनेमा हो ।

सिनेमाका निर्मातामा सुवास चन्द्र प्रधान तथा कार्यकारी निर्मातामा अभिनेत्री निशा अधिकारी र सन्तोष कुमार कार्की रहेका छन् । त्यसैगरी, यो सिनेमाको क्रिएटिभ निर्देशकमा प्रणव जोशी रहनेछन्, जो २०७२ सालमा रिलिज भएको चर्चित सिनेमा ‘रेशम फिलिली’का निर्देशक हुन् ।