द सिनेमा टाइम्स, काठमाडौं । सुशान्त गौतमको डेव्यु निर्देशकिय सिनेमा ‘अभिमन्यु’को छायांकन सकिएको छ । गत वर्षको सार्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ निर्माण विनोद पौडेलको लगानी रहेको सिनेमाको सम्पुर्ण छायांकन २५ दिनमा सकिएको हो ।
सिनेमाको छायांकन चैत १९ गते कीर्तिपुरमा शुभमुहूर्त गरेसँगै छायांकन सुरु भएको थियो । सिनेमामा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ । यो सिनेमा आगामी भदौ २७ गतेबाट विश्वव्यापी रिलिज हुने बताइएको छ ।
सिनेमाले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने एक व्यक्तिको संघर्षको कथा उठान गरेको बताइएको छ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भैरहेको सिनेमामा मुकेश खनालको लेखन रहेको छ । यो सिनेमाका क्रिएटिभ निर्देशक मदन थापा हुन् । उनले यसअघि सिनेमा ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए ।
गुञ्जन गिरीको समेत लगानी रहेको सिनेमाका सह–निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । शरद महतोको डिओपी रहेको यो सिनेमा विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।


प्रतिक्रिया