‘दान्भी’ निर्देशकको नयाँ सिनेमामा पूजा फाइनल

‘दान्भी’ निर्देशकको नयाँ सिनेमामा पूजा फाइनल

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गतबर्ष रिलिजमा आएको सिनेमा ‘दान्भी’का निर्देशक रुपेश तामाङ नयाँ सिनेमा निर्माणको दौडमा लागेका छन् ।

यसपटक, मल्टिस्टारर कलाकार लिएर एक्सन सिनेमा बनाउने तयारी उनको छ । यसका लागि कलाकारहरुलाई फाइनल गर्ने काम पनि धमाधम चलिरहेको छ ।

यसैबिच, यो सिनेमामा अभिनेत्री पूजा शर्मा फाइनल भएकी छिन् । रुपेशले पूजालाई उनकै जन्मदिनको दिनमा अनुवन्धित गरेका हुन् ।

सिनेमा पूजा फाइनल भएपछि रुपेश भन्छन्- मेरो कथाले पूजा शर्मालाई नै खोजेका कारण उहाँलाई साइन गरेका हौं । यसपटक अघिल्ला सिनेमामा भएका कमजोरीलाई सुधार्दै काम गर्ने कोशिश गर्नेछु ।’

अभिनेत्री शर्माले पनि फेरि एकपटक आफू एक्सन भूमिकामा देखिन लागेको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्- ‘दान्भीको एक्सनलाई दर्शकले रुचाउनुभएको थियो । यसैले, मलाई एक्सन सिनेमामा फेरि काम गर्न मन थियो । रुपेशजीले राम्रो कथा लिएर आएपछि साइन गरेकी हुँ ।’

निर्देशक रुपेशका अनुसार, यसपटक  कलाकारहरु सरप्राइज हुनेछन् । सिनेमाको नाम तय गरिएको छैन । केही दिनमै सिनेमाको नाम विकास बोर्डमा दर्ता गरेरपछि सार्वजनिक गर्ने रुपेशले बताए । सिनेमा लाई सुमन गजमेरले लेखिरहेका छन् । केही महिनापछि सिनेमाको छायांकन सुरु गर्ने तयारी निर्माणपक्षको छ ।