द सिनेमा टाइम्स, काठमाडौं । मिलन तामाङको डेव्यु निर्देशनमा हाल म्याग्दीको ताकम गाउँमा धमाधम छायांकन भइरहेको सिनेमा ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को क्यारेक्टर लुक्स बाहिरिएको छ ।
मंगलबार छायांकन सेटबाट सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेको देख्न सकिन्छ । झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो लाग्छ । तर, निर्माणपक्षले यस बिषयमा केही पनि बोलेको छैन । यो सिनेमालाई तामाङ संकृतिको सेरोफेरोमा राखेर निर्माण गरिएको छ । सिनेमाको प्रदर्शन मिति दशैंको फूलपातिलाई घोषणा भैसकेको छ ।
यो सिनेमाको छायांकन म्याग्दीको ताकम गाउँपछि २० दिनसम्म दरबाङको तातोपानी क्षेत्रमा गरिनेछ । सिनेमामा केदारसहित युवराज लामा, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।
सिनेमामा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण भइरहेको सिनेमालाई सुशन प्रजापतिले खिचिरहेका छन् ।


प्रतिक्रिया