माइकलको ‘राम नाम सत्य’मा भित्रिए सुशिल श्रेष्ठ

माइकलको ‘राम नाम सत्य’मा भित्रिए सुशिल श्रेष्ठ

द सिनेमा टाइम्स
497
Shares

द सिनेमा टाइम्स, काठमाडौं । माइकल चन्दको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘राम नाम सत्य’को मुख्य भूमिकामा अभिनेता सुशिल श्रेष्ठ अनुबन्धित भएका छन् । सुशीलसँग निर्माणपक्षले वुधबार कागजी संझौता गरेको छ । सिनेमाको स्क्रिप्ट सुनेपछि आफू निकै नै उत्साहित भएको सुशीलले बताए । एक्सन, लभस्टोरी र सस्पेन्स कथामा निर्माण हुन लागेको ‘राम नाम सत्यः पर्दा पछाडिको पर्दा’मा सुशीलको रोमान्स र एक्सन हेर्न सकिनेछ ।

यो सिनेमामा अभिनेता विराज भट्ट यसअघि नै मुख्य भूमिकामा फाइनल भइसकेका छन् । सिनेमामा विराजको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन । सिनेमाका लागि अझै मुख्य अभिनेत्री र केही कलाकारहरु फाइनल गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।

म्युजिक भिडियो निर्देशनमा सफलता हात पारेपछि निर्देशनमा पाइला चाल्न लागेका माइकल अहिले आफ्नो ड्रिम प्रोजेक्ट ‘राम नाम सत्य’को प्रि–प्रोडक्सनमा व्यस्त छन् । यो सिनेमाको स्क्रिप्ट फाइनल भइसकेको छ । अहिले धमाधम कलाकारहरु अनुवन्धित गर्ने काम चलिरहेको छ ।

माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको सिनेमामा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । सिनेमाका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । सिनेमाको छायांकन केही महिनामै सुरु गर्ने तयारी निर्माणपक्षको छ ।