द सिनेमा टाइम्स, काठमाडौं । बैशाख २६ गते आज शुक्रबारबाट दुई नेपाली सिनेमा ‘ऊनको स्वीटर’ र ‘जार’ प्रदर्शनमा आएका छन् । ग्रामीण परिवेशमा निर्माण भएका यी दुवै सिनेमालाई रिलिजको पूर्वसन्ध्यामा गरिएको प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया मिलेको थियो । जसको प्रभाव शुक्रबारबो बिहानी शोबाट हलमा देखिरहेको छ ।
यी दुवै सिनेमाले सुखद् सुरुवात गरेको हल सञ्चालक तथा वितरकहरुले जानकारी दिएका छन् । तथापी हामीले विभिन्न हलमा अनलाइन टिकट बुकिङ साइट हेर्न ‘जार’को तुलानामा ‘ऊनको स्वीटर’को दर्शक अकुपेन्सी राम्रो देखिन्छ । ‘जार’ र ‘ऊनको स्वीटर’ दुवैले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म सुखद् शोज पाएका छन् । ‘ऊनको स्वीटर’लाई झन्डै २ सय शोज प्राप्त छन् भने ‘जार’लाई देशव्यापी एक सय ३० हाराहारी शोज उपलब्ध छन् ।
नवीन चौहानको डेव्यु निर्देशनमा निर्माण भएको ‘ऊनको स्वीटर’ सिनेमामा विपिन कार्की, मिरुना मगर, विल्सनविक्रम राई, परीक्षा लिम्बु, सुनिल पोखरेल, एलेक्स पारस, प्रेम सुब्बा, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । आर्टमाण्डू प्रालिको पहिलो फिचर सिनेमा ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायांकन गरिएको सामाजिक कथा हो ।
साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथा ‘जार’ २२५ वर्ष अगाडिको सेटअपमा निर्माण गरिएको छ । फेरि टेल पिक्चर्सले निर्माण गरेको सिनेमामा सौगात मल्ल, अनुपबिक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।
होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमाको छायांकन सिक्किममा गरिएको छ । पूर्वा छिरिङ लामा डेव्यु निर्देशित सिनेमाको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।


प्रतिक्रिया