युट्युब ट्रेन्डिङको तेस्रो स्थानसहित ‘नरसिंहाः अवतार’को ट्रेलरलाई १० लाख भ्युज

युट्युब ट्रेन्डिङको तेस्रो स्थानसहित ‘नरसिंहाः अवतार’को ट्रेलरलाई १० लाख भ्युज

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । महानायक राजेश हमालको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’को ट्रेलरले सार्वजनिक भएको २ दिनमै समाजिक सञ्जाल युट्युबमा १० लाख भ्यूज पाएको छ । सिनेमाको ट्रेलर मुभी सेक्सनमा ३ नम्बर ट्रेन्डिङमा छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमालाई दर्शकको उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ ।

सिनेमाको ट्रेलरमा ४० हजार लाईक र ४ हजार ३ सय भन्दा बढी प्रतिक्रिया मिलेको छ । अधिकांशले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । महानायक राजेश हमालको गर्जन लामो समयपछि हेर्न पाइयो भन्दै दर्शकहरु सिनेमाप्रति उत्साहित देखिएका छन् । सामाजिक संजालमा पनि यो सिनेमाको ट्रेलरलाई उच्च शेयर गरिएको छ ।

महानायक राजेश हमालको ८ वर्षपछिको कमब्याक सिनेमा भएका कारण पनि दर्शकहरु प्रतिक्षा गरिरहेको बुझ्न सकिन्छ । सिनेमामा महानायक हमालसहित नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, एल्भिना खड्का, समाइरा थापा लगायतको अभिनय छ ।

सिनेमाको केही समय अगाडी सार्वजनिक गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ अहिले सर्वाधिक चर्चामा छ । ट्रेलरले समेत उच्च हाइप निर्माण गर्दा सिनेमाले बक्सअफिसमा सुखद् ओपनिङ गर्ने अपेक्षा गरिएको छ । क्रियटिभ सिने आर्ट्सको ब्यानर निर्माण भएको सिनेमामा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपानेको लगानी छ ।