चर्चामा ‘नरसिंहाः अवतार’को ट्रेलरमा राज र सनिशाले बोलेको प्रेमिल संवाद

चर्चामा ‘नरसिंहाः अवतार’को ट्रेलरमा राज र सनिशाले बोलेको प्रेमिल संवाद

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठको ९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘नरसिंहाः अवतार’मा अभिनेता राज कटुवाल र अभिनेत्री सनिशा भट्टराईले बोलेको संवादको अहिले सामाजिक संजालमा चर्चा पाइरहेको छ । सिनेमाको केही दिन अघि सार्वजनिक ट्रेलरमा समावेश यो संवादमा टिकटक बनाउनेहरु प्रशस्त छन् ।

एक्सन, प्रेम, विछोड, वियोग, सस्पेन्स र थ्रीलर कथामा तयार भएको यो सिनेमालाई दिवाकर भट्टराइले लेखन तथा निर्देशन गरेका हुन् । सिनेमामा राज र सनिशाको प्रेम देखाइएको छ । जहाँ, भनिएको छ- ‘कोही मान्छे यति खास हुन्छन् कि जसलाई सास रहुन्जेलसम्म पनि विर्सन सकिँदैन । तिमीलाई विर्सिएर कसरी सास फेर्नु ।’ राजको यो संवादपछि सनिषाले भन्छिन्- ‘को हौं तिमी मेरो ।’

सिनेमाको ट्रेलरमा समावेश यो संवाद अहिले चर्चामा छ । साथै, सिनेमाको ट्रेलर सार्वजनिक भएपछि अभिनेता राज कटुवालको एक्सनको पनि तारिफ भइरहेको छ । राज र सनिशा दर्शकले यो संवाद मन पराएकोमा दंग छन् । उनीहरुले, सिनेमामा दर्शकहरुले आफूहरुको प्रेमको विशेष पाटो हेर्न पाउने बताए । सिनेमाले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

क्रियटिभ सिने आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपानेको लगानी छ । यो सिनेमामा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, निर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।